दफा
अनुमतिपत्र लिनु पर्ने
(१) कसैले खाच व्यवसाय सञ्चालन गर्नुअघि यस ऐन बमोजिम अनुमतिपत्र लिनु पर्नेछ।

तर तोकिए बमोजिमका खाद्य व्यवसाय सञ्चालन गर्न यस ऐन बमोजिम :अनुमतिपत्र लिनु अनिवार्य हुने छैन।

(२) (अनुमतिपत्र लिनको लागि देहायको खाद्य व्यवसायीले देहायको अधिकारी समक्ष निवेदन दिनु पर्नेछः-

(क) खाद्य पदार्थको थोक वा खुद्रा व्यापार गर्ने, घुमिफिरी खाद्य पदार्थ बिक्री (स्ट्रिट भेण्डीङ्ग) गर्ने, होटेल, मोटेल, रेष्टुरेण्ट, फुड कोर्ट, फुड पार्क, चमेना गृह, क्याटरिङ्ग, भोजनालय, होमस्टे वा यस्तै अन्य कुनै नामबाट खाद्य पदार्थको व्यवसाय वा सेवा प्रदान गर्ने वा प्रचलित कानून बमोजिम स्थानीय तहमा दर्ता गर्नु पर्न अन्य खाद्य व्यवसाय गर्नको लागि सम्बन्धित स्थानीय तहको प्रमुख वा निजले तोकेको अधिकृत, र

(ख) खाच्चय पदार्थको निकासी वा पैठारी सम्बन्धी व्यवसाय वा खण्ड (क) मा लेखिएदेखि बाहेकका अनुमतिपत्र लिनु पर्ने अन्य खाद्य व्यवसायको हकमा ८ महानिर्देशक वा कार्यालयको प्रमुख।

(३) उपदफा (२) बमोजिम दिइने निवेदन साथ
देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नछ:-

(क) खाब्य व्यवसाय दर्ता भएको प्रमाणको प्रतिलिपि,

(ख) उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र सञ्चय गरिने खाच पदार्थको विवरण र वार्षिक परिमाण,

(ग) खाब्य पदार्थको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र सञ्चयमा स्वच्छता र गुणस्तर कायम गर्न अवलम्बन गरिने प्रविधि तथा पद्धति सम्बन्धी विस्तृत विवरण, र

(घ) ८ खाद्य व्यवसाय गर्ने ठेगाना तथा सम्पर्क नम्बर र व्यवस्थापनमा संलग्न रहने प्रमुख व्यक्तिहरू सम्बन्धी विवरण।

(%) उपदफा (२) को खण्ड (क) बमोजिमको खाद्य व्यवसाय सञ्चालनको लागि प्रत्येक स्थानीय तहको लागि छुट्टाछुट्टै अनुमतिपत्र लिनु पर्नेछ।

(५) उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर अनुमतिपत्र जारी गर्ने अधिकारीले स्थलगत निरीक्षण, प्रयोगशाला परीक्षण समेत गरी, गराई जाँचबुझ गर्दा निवेदकलाई खाघ व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र दिन उपयुक्त देखिएमा खाद्य व्यवसाय सञ्चालन गर्दा पालना गर्नु पर्ने सर्तहरूसमेत तोकी दस्तुर लिई तीस दिनभित्र अनुमतिपत्र प्रदान गर्नेछ।